सल्यान : मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको जोखिम बढेको भन्दै तीन जिल्ला जोड्ने झोलङ्गे पुल बन्द गरिएको छ। सल्यान, जाजरकोट र सुर्खेत जोड्ने चार झोलुङ्गे पुल लकडाउन अवधिभर बन्द गरिएको हो।
भेरी नदीमा तीन जिल्ला जोड्न निमार्ण गरिएका चार झोलुङ्गे पुल लकडाउन अवधिभर बन्द गरिएको बनगाड कुपिण्डे नगरपालिका ४ का वडा अध्यक्ष प्रतिमल बुढाले बताए। बाँखर्क, आलि, राइरा, र छेडाबजारमा निमार्ण गरिएका पुल पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष बुढाको भनाई छ।
तीन जिल्लाको सिमा जोडिएको, व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मानिसहरु गाउँमा आउन थालेपछि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम पुल बन्द गरिएको उनले जानकारी दिए। लकडाउन अवधिभर अन्तर वडामा समेत प्रतिवन्ध लगाइएको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।