|

पूरै विश्व अहिले कोरोना भाइरसको चपेटामा छ। कोरोनाभाइरसको डरका कारण मानिस मानसिक रुपमा निकै कमजोर भइरहेका छन्। डरकै कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन्।

६० वर्षीय गोन्जालेजले सुसाइड नोटमा कोरोनाका कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्। उनका निकटस्थका अनुसार उनी कारोनाबाट संक्रमित भएसँगै डिप्रेसनमा पुगेका थिए। फुटब क्लबले एक विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई मात्रै नभई सिंगो रिम्स शहरलाई नै स्तब्ध बनाएको उल्लेख गरेको छ।

बर्नान्ड २० वर्षदेखि क्लबसँग जोडिएका थिए। २०४ देशमा कोरोना भाइरसको मामिला सर्वाजानिक भएको छ। सोमबार विहानसम्म करिब ६९ हजार ५ सय व्यक्तिको निधन भइसकेको छ १२ लाख ७३ हजार बढी संक्रमित भइसकेका छन्। पछिल्लो समय युरोपमा मानिस कोरानाका कारण मानसिक रुमपा कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आँखै अघि धेरै व्यक्तिको कोरानाकै कारण ज्यान गएको देखिरहेका उनीहरूले आफ्नो पनि अवस्था कठीन हुने र नबाँच्ने आँकलन गर्ने र आत्माहत्याको विकल्प नदेख्ने गरेका हुन्। अहिले सिंगो युरोपमा नै आत्माहत्या दरमा वृद्धि भइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले दाबी गरेका छन्।

धेरैले कोरोनाको पीडा सहनु भन्दा आत्माह्त्यालाई सहज विकल्प मान्दा समस्या विकराल हुँदै गएको हो। अधिकारीहरूले बढ्दो मानसिक समस्यासँग जुध्नु पनि अबको समस्या भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.