|

एजेन्सी : दक्षिण भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो समय चेन्नईका विभिन्न सहरमा कोरोना संक्रमित बिरामीहरुको मर्मस्पर्शी फोटो तथा उनीहरुको भिडिओ भारतभर सार्वजनिक भइरहेको छ। चेन्नईमा कोरोना संक्रमितहरुको उपचारमा राज्यले निकै राम्रो स्वास्थ्यको प्रबन्ध मिलाइरहेको छ।  

यसैबीच चेन्नईको एक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित एक वृद्धलाई डाक्टरले आफ्नै हातले माछाभात खुवाएको फोटो भारतभर भाइरल बनेको छ। ती डाक्टरले भनेअनुसार कोरोना संक्रमति एक गरिब वृद्ध हुन्। उनको उमेर भने खुलाइएको छैन।

जब उनलाई कोरोना संक्रमण भएपछि अस्पताल ल्याइयो, उनले आफूलाई असाध्ये माछा र भात खान मन लागेको बताएका थिए। र आफूले उक्त वृद्धको इच्छालाई मर्न नदिएको बताएका छन्। साथै उनले ती वृद्धका आफन्त बिरामीको वार्डसम्म जान नसकेकाले आफैंले बिरामी वृद्धलाई माछाभात खुवाएको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.