|

सुर्खेत : चैत्र ११ गते कैलालीको गौरीफान्टा नाकाबाट कर्णाली भित्रिएकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको छ। गौरीफान्टाका एक युवामा कोरोना संक्रमण देखिएपछि सो नाका हुँदै कर्णाली भित्रिएकाको खोजी शुरु भएको हो।

गौरीफन्टा नाकाबाट कर्णाली आएकाहरू सबैभन्दा बढी सुर्खेत जिल्लाका रहेका छन्। रोजगारीका लागि भारत गएका उनीहरू चैत्र ११ गते नेपाल भारत सीमाको कैलालीको गौरीफान्टा नाकाबाट नेपाल आएका थिए। ती मध्ये सुर्खेतका ४१, कालिकोटका १६, सल्यान र रुकुमका एक/एक जना रहेका छन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कैलालीसँग समन्वय गरेर सुर्खेत आएका सबैजनाको विवरण मागेर गाउँगाउँमा प्रहरी परिचालन गरेको छ।

हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा नआएपछि पालिकाहरूको समन्वयमा खोज्न प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनायो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले सुर्खेत आएका ४१ जनाकै खोजी गरिरहेको जनाए।

‘साँझसम्म कुन पालिकाका कति हुन भन्ने सबै विवरण आइपुग्छ’ रायमाझीले भने, ‘उहाँहरू मध्ये कोही हिडेर आएको र कोही बसमा आएको बुझिएको छ।’

प्रहरीले कतिपय वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेकाहरू पनि हुन सक्ने भएकाले नाम संकलन गरिरहेको जनाएको छ। गौरीफान्टा नाकाबाट आएकाहरू मध्ये तीन जना वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइलीका रहेको वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए।

दुइ जनालाई क्वारेन्टाइन पठाइसकेको छ भने एक जनाको खाजी भइरहेको छ। प्रशासनबाट प्राप्त विवरण अनुसार क्वारेन्टाइनमा पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.