|

गुल्मी : गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको इमिचौर जोडने पुलमा बार लगाइएको छ। 

लकडाउनलाई प्रभावकारी बनाउन आवतजावतमा रोक लगाई भीडभाड कम गर्नका लागि पुललाई बन्द गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। थापाका अनुसार  त्यस पुलबाट आवतजावत धेरै हुने भएकाले र लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो अभियान चालिएको दाबी गरे। 

यता पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले पर्वतका व्यक्ति पर्वतमै बस्न र गुल्मीका मन्छे गुल्मीतर्फ नै बस्नका लागि पुलमा दुबै तर्फबाट बार लगाइएको बताए। भुसालले लकडाउनको अवधिसम्म दुबै तर्फको बारलाई जारी राख्ने लकडाउनलाई पूर्ण रुपमा पालना गर्नका लागि यस्तो कार्य गरिएको बताए।

त्यस पुलबाट मान्छेहरू मात्र हिड्ने भएकाले त्यस्तो समस्या केही नपर्ने र बिरामी बोक्नका लागि दुबै तर्फका मोटरेबल बाटो भएकाले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.