समाज

खाँदबारी कारागारका एक कैदीको मृत्यु

चैत २४, २०७६

    संखुवासभा: जिल्ला कारागार खाँदबारीमा एक कैदीबन्दीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी कारागारका ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको मृत्यु भएको छ। 

    जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको शेर्पाको उपचारका क्रममा मृत्यु भएको कारगार प्रमुख विनोद अधिकारीले जानकारी दिए। मुटु रोगका शेर्पा अचानक स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका थिए।

    चिचिला गाउँपालिका २ आहालेका शेर्पा आइतबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो। शेर्पालाई जिल्ला अदालत चैनपुरले शेर्पालाई ५ वर्षको जेल सजाय तोकेको थियो। उनले २१ महिनाको कैद भुक्तान गरिसकेका थिए।

    शेर्पाको शवलाई पोष्टमार्टमपछि आइतबार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]