|

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई नयाँ गभर्नर नियुक्त गर्ने निर्णय लिएको हो। 

राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर अधिकारीले सिफारिस भएका चिन्तामणि शिवाकोटी र डा. राजन खनाललाई पछि पारेका हुन्। अधिकारी राष्ट्र बैंकको भगर्नरकारुपमा आगामी ५ वर्षसम्म रहनेछन्। 

आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी डा. चिरञ्जीवी नेपालले चैत ४ गते राष्ट्र बैंकबाट बिदा लिएपछि उक्त पद खाली थियो। नयाँ गभर्नर चयन गर्न मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.