|

काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन आजै सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको छ। कोभिड-१९ महामारीको जोखिम बढ्दै गएको अवस्थामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

विश्‍वभर कोरोनाको महामारी बढ्दै गएको अवस्थामा दुवै सदनका बैठक स्थगित हुँदै आएका थिए। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले दुवै सदनको कामकारवाही बन्द गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले आफूलाई कोरोना नियन्त्रणमा केन्द्रित गरेको अवस्थामा सदनको यो अधिवेशन टुंगिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.