सल्यान : २९ वर्षीया कोरोना संक्रमित व्यक्तिसँग आएका सल्यानका एक युवा बर्दियामा फेला परेका छन्। भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै चैत १२ गते शारदा नगरपालिका ८ का २१ वर्षीय युवा भित्रिएको पुष्टि भए पनि उनको अवस्था अज्ञात थियो।
गौरीफन्टा नाकाबाट सार्वजनिक भएको नामावलीअनुसार सल्यानका एक युवा पनि रहेको पुष्टि भएको थियो। तर उक्त व्यक्ति जिल्लाका कुनै पनि सरोकारवालाको सम्पर्कमा नरहेको पाइएपछि उनको खोजी तीव्र पारिएको थियो।
सबैतिर बुझ्ने क्रममा बर्दियाको बढैयातालमा रहेकको क्वारेनटाइनमा रहेको जनाइएको छ। बढैयाताल गाउँपालिकाको ९ थेसनपुरमा रहेको शिवशक्ति आधारभूत विद्यालयको क्वारेनटाइन उनलाई राखिएको इलाका प्रहरी कार्यालय मौनापोखराले जनाएको छ।अहिले ती युवाको स्वास्थ्य स्थिति सामान्य रहेको र उनलाई १५ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा क्वारेनटाइनमै राखिने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।