|

कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाकाबन्द गरिएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा कार्यरत भारतीय २४ वर्षीय श्यामु एलको सोमबार दाहसंस्कार नेपालमै गरिएको छ।

मृतकका आफन्तले शव भारततर्फ लैजानका लागि आउन नसक्दा युवकको क्रिस्चियन धर्मअनुसार दाहसंस्कार गरिएको हो। मृतक भारतको उत्तर प्रदेशको पिलभित पुरनपुरका बासिन्दा रहेको बताइएको छ। आरसिटी एग्रो मेसिनगरी कम्पनीमा कार्यरत भारतीय युवकको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो। 

मृतकका आफन्त सीमा नाका बन्द भएपछि आउन नसकेपछि कम्पनीका सञ्चालक चुडामणि जोशीको उपस्थितिमा दाहसंस्कार गरिएको छ। भारतीय नागरिक बिरामी परेपछि उचारका लागि बिहीबार अस्पताल लगिएको थियो। उनमा सुगर र निमोनियाको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ।अवस्था गम्भीर भएपछि उनलाई अस्पतालको आइसियुमा राखिएको थियो। 

आइसियुमै भारतीय नागरिकको मृत्यु भएको हो। मृतकका आफन्तलाई युवकको मृत्युबारे जानकारी गराइएपछि सीमा नाका बन्द हुँदा आउन सकेनन् कम्पनीका सञ्चालक जोशीले भने,'मृतकका आफन्तकै सल्लाह अनुसार दाहसंस्कार गरिएको छ।' 

मृतकका आफन्त सीमा क्षेत्रमा पुगे पनि लकडाउनका कारण यहाँ आउन नसकी सीमा क्षेत्रबाटै फिर्ता भएको उनको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.