|

गुल्मी : गुल्मीमा एम्बुलेन्स चालकलाई आवश्यक प्रशिक्षण, मनोपरामर्शसँगै स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ। 

सोमबार स्वास्थ्य कार्यालय गुल्मी र गुल्मी अस्पतालको समन्वयमा जिल्ला प्रशासन कार्यालय गुल्मी सदरमुकाम तम्घासमा रहेका ६ वटा एम्बुलेन्स चालकहरूलाई आवश्यक प्रशिक्षणसँगै स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको हो। यससमय अवधिमा चालकलाई पिपिई सँगै स्वास्थ्य सुरक्षा र मनोपरामर्शसम्बन्धी प्रशिक्षण दिइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। 

बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षा, प्रशिक्षण सँगै पिपिईलगायत आवश्यक सामग्री वितरण गरिएको र चालक सुरक्षित रहेमा मात्र बिरामीलाई स्वास्थ्य संस्था सम्म पुर्‍याउन सकिने भएकाले एम्बुलेन्स चालकलाई प्रशिक्षण सँगै पिपिई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

साथै जिल्लामा रहेका ३८ वटा एम्बुलेन्सलाई जुनसुकै समयमा पनि आवश्यक पर्ने भएकाले तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा रहेका ३८ वटै एम्बुलेन्स चालकलाई प्रशिक्षण सँगै स्वास्थ्य सामग्री वितरण गरिने पाण्डेले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.