|

नवलपरासी : पश्चिम नवलरासीसँग सीमा जोडिएको भारतको महाराजगन्ज जिल्लामा कोरोना भाइरसको संक्रमति भेटिएपछि नाकामा थप सुुरक्षा कडाइ गरिएको छ।

महेशपुर मुल भन्सारसँगै झुलनीपुरलगायतका सीमानाकामा सशस्त्र र नेपाल प्रहरीको निगरानी बढाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल २६ नम्बर गणका एसपी भरत खनियाँले बताए।

यस्तै,  लकडाउनको समयमा पनि नाका आसपासका खेत, खोला र नहरको बाटो हुँदै नेपाल–भारत दुवै देशका नागरिक आवतजावत गर्ने क्रम नरोकिएपछि दशगजा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको खनियाले बताए।

सशस्त्र प्रहरीले अहिले विओपी पोष्ट भएका ठाउँहरुभन्दा अन्य क्षेत्रमा पनि अस्थायी पोस्ट खडा गरी २४सै घ०टा निगरानी थालेको छ। नवलपरासीको भारतसँग जोडिएको झण्डै २८ किलोमिटर सीमा नाकामा जम्मा चारवटा सशस्त्रको सीमा सुरक्षा बल रहेका छन्। थप गरिएका अस्थायी पोष्टमा निगरानीका लागि १०० जना जनशक्तिको ब्यबस्था गरीे सीमा क्षेत्रमा पाल टाँगेर पहरा दिइरहेका छन्।

कोरोना संक्रमणको कारण लकडाउन भएकाले दुवै देशका सीमा नाकाहरु अहिले बन्द रहेका छन्। नाकामा सुरक्षा निगरानी कडा गरिएपछि मानिसहश्र खेत र नदीबाट मानिस वारपार गरेको र दिनभर लकडाउन भए पनि रातिमा तस्करी भने नरोकिएको समाचार संचार माध्यममा समाचार प्रकाशन भएको थियो।

सीमावर्ती नाका झुलनीपुर, वहुवार, धर्मौली, वसहियालगायतका नाका तस्करी समेत हुने गरेको भन्दै स्थानीयले तत्काल सुरक्षा ब्यबस्था कडा बनाएर सिमा नाकामा निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए। अहिले सीमा क्षेत्रमा सुरक्षाकर्मी थप गरिएपछि २४सै घण्टा निगरानी गरिएको र नाकाबाहेकका गोरेटो, खेतको बाटो र लुकिछिपी आवतजावत गर्ने ठाउँहरुमा पनि निगरानी बढाइएको एसपी खनियाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.