|

ओखलढुङ्गा : दुई सातादेखिको लकडाउनले ओखलढुङ्गाका कुखुरालाई दिने अभाव भएपछि खान नपाएर कुखुरा मर्न थालेका छन्।

चम्पादेवी गाउँपालिका–७ शेरावेसीमा रहेको शेराबेसी एग्रोभेट कृषि फर्मका सञ्चालक जितेन्द्र कार्कीको फर्मका रहेका एक हजार ५०० बोइलर एक हजार लेयर्स जातका कुखुरा तथा टर्की दाना र उपचारको अभावमा मर्न थालेका छन्।

त्यस्तै, वडा नम्बर १० रानीवनस्थित लहार्ने एग्रो कृषि फर्मका सञ्चालक तेजेन्द्र विष्टको फर्ममा रहेको दुई हजार लेयर्स कुखरामध्ये उपचार र दाना अभावमा करिब हजार मरेका छन्। 

ओखलढुङ्गाको पश्चिमी क्षेत्रमा व्यावसायिक कुखुरा पाल्ने विष्ट र कार्की मात्रै हुन्। उनीहरुले दाना रामेछापको मन्थली र सिन्धुलीबाट ल्याउने गरेका थिए। तर, लकडाउनका कारण ल्याउन नपाएको उनीहरुको गुनासो छ।

्अत्यावश्यक वस्तु तथा कृषकको समस्या हेरेर जिल्लाभित्र ल्याइने ढुवानीमा सहजीकरण गरिए पनि दाना बजारमा उपलब्ध नभएका कारण समस्या आएको किसान जितेन्द्र कार्कीले बताए। कुखुराको दाना पनि नपाइने र कुखुराको अण्डा र मासु पनि बिक्री नहुने भएपछि आफुहरु दोहोरो मारमा परेका कार्कीको गुनासो छ।

त्यस्तै, लिखु गाउँपालिका–६ मा रहेको लिखु एग्रो कृषि फर्ममा पनि दाना अभावमा कुखुरा मरेका फर्म सञ्चालक कृष्ण अधिकारीले बताए। वडा नम्बर ८ मा सञ्चालित सगरमाथा पोल्ट्री फर्ममा पनि दाना नभएर कुुखुरा धमाधम मरेको सञ्चालक मनोज पौडेलले बताए। गाउँमा दाना ल्याउन नपाएपछि लिखु र चम्पालदेवी गाउँपालिकामा रहेका फर्ममा अहिलेसम्म चार हजारभन्दा बढी कुखुरा मरिसकेको किसानहरुले बताए।

कोरोनाको महामारीका कारण बचेका कुखुरा र अण्डा पनि बिक्ने अवस्था नभएको लिखु–६ का कुखुरापालक किसान ऋषिराम गौतमले बताए। उनले भने, ‘ऋण गरेर कुखुरा पाल्न थालियो, अहिले आएर लाखौँ डुब्ने निश्चित नै भयो।’

यता सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराई किसानको माग उच्च रहेको र खरिद गरेर ल्याउन चुनौती रहे पनि दाना ढुवानीमा समस्यामा प्रशासनले सहजीकरण गर्ने बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.