|

काठमाडौ : नेपालमा कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किने क्रम जारी छ। लकडाउनको अवधि बढेसँगै जर्मन नागरिक र बेलायती नागरिक स्वदेश फर्कने भएका छन्।

बुधबार जर्मन र बेलायत दूतावासले दुईवटा विमान चार्टड गरेर आफ्ना नागरिक स्वदेश फर्काउन लागेका हुन्। कतार एयरवेजको एयर बस ३३० र टाइटन एयरवेजको बोइङ ७६७-३६ एमले उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

कतार एरवेजको जहा बिहान ११ बजे आएर १२ बजे दिउँसो जर्मन नागरिक लिएर प्रस्थान हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार पुनः टाइटन एयरवेज १२ बजे आएर १ बजे बेलायती नागरिक लिएर प्रस्थान गर्नेछ।

२ हजार ३ सय भन्दा बढी विदेशी नागरिक स्वदेश फर्किसकेको उनले बताए। उनले भने, 'मैले भनेभन्दा पनि बढी विदेशी नागरिक उडिसकेका छन्। कुटनीतिक नियोगले अझै आफ्नो नागरिक स्वदेश पठाउनको लागि सम्पर्कमा ल्याउनको लागि विभिन्‍न माध्यमबाट आव्हान गरिसकेको छ।'

नेपाबाट स्वदेश फर्कने विदेशी नागरिकहरुमा जर्मनी,फ्रान्स,अमेरिका,  अष्ट्रेलिया, डच,चेक  रिपब्लिकनका र मलेसियाका नागरिक रहेको उनको भनाइ छ।

लकडाउन अवधिभरमा नेपाली आकाशबाट १६ वटा विदेशी विमानको उडान भइसकेको उनले बताए। उनले भने, ‘भोलिसम्मका लागि १८ वटा हुनेछ। चैत २८ अर्को पनि उडान अनुमति पाइसकेको छ।'  पुनः टाइटन एयरवेजले उडानको अनुमति पाइ सकेको छ।

कतार एयरवेजले सबैभन्दा बढी उडानको अनुमति पाएको उनले थाहाखबरलाई बताए। नेपाल एयरलायन्स, चेक एयर लायन्स, मालिङ्गो एयरवेजले लकडाउनको अवधिमा नेपालबाट उडान भरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.