|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो कुवेतका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन्। नेपालीहरुको ठूलो संख्यामा रहेको कुवेतमा पनि कोभिड-१९ को जोखिम बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले समकक्षीलाई फोन गरेका हुन्। 

केही दिनयता प्रवासी नेपालीको अवस्था बुझ्‍न प्रधानमन्त्री ओलीले टेलिफोन सम्वाद बढाएका छन्। यही क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँ ओलीले टेलिफोन वार्ता गरेका हुन्।

टेलिफोन वार्तामा ओलीले कुवेतमा रहेका नेपालीहरुको सुरक्षा र कल्याणकोबारेमा चासो राखेको जानकारी दिएका छन्। उनले आफूसँगको सम्वादमा समकक्षीले त्यहाँ रहेका नेपालीलाई कुनै अफ्ठ्यारो पर्न नदिने बताएको जानकारी दिएका छन्।

'आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणबारेमा आफ्नो चासो राखें', उनले भनेका छन्, 'कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.