स्थानीय प्रशासनले राेक्न सकेनन् मानिसकाे भीड
स्थानीय प्रशासनले राेक्न सकेनन् मानिसकाे भीड
डडेल्धुरा : विश्वभर कोरोना भाइसर (कोभिड–१९) को संन्त्रास बढिरहेको छ। नेपालमा पनि कोरोना संक्रमित भेटिएपछि अहिले देश लकडाउनमा छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएको छ। तर, बझाङमा लकडाउनको उल्लंघन गर्दै भव्य मेला लागेको छ। हरेक वर्षहरू जस्तै यसवर्ष पनि बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ को बान्नीमा चैतली मेला लागेको हो।
हरेक वर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यस वर्ष चैत्र २४ गते परेको थियो। जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मिक मेला स्थानीयहरूको भीड नै लाग्योे। सरकारले कुनै पनि कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआश्श्यक भीडभाड गर्न रोक लगाइरहँदा छबिस पाथिभेरामा मनाइने बान्नीकी चैतली मेलामा भने स्थानीयहरूको घुइँचो नै देखिन्छ। मेला भर्न सयौंको संख्यामा स्थानीय मेलास्थल पुगेका थिए।
विश्वमा महामारीको रूपममा फैलीएको कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस् भन्ने उदेश्यले लकडाउनको घोषणा गरेको छ। तर, छबिस पाथिभेरा गाउँपालिकाका स्थानीयले लकडाउनलाई उल्लंघन गरी सयौंको भीडभाडमा सोमबार बान्नीकी चैतली मेला मनाएका हुन्।
मेलामा कांकर (काठको लिंगो) समते ल्याएर भगवानलाई चढाउने गरिन्छ। कांकर ल्याउने क्रममा पनि स्थानीयहरुको लामो लस्कर लागेको देखिन्छ। सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा हजारौं दर्शनार्थीहरूले बान्नीको कांकर र मष्टाको दर्शन गर्ने प्रचलन रहेको छ।
यस विषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भीडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानीयले अटेरी गरेर मेलामा गएको प्रतिक्रिया दिइन्। आफूहरूले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनको दाबी छ। प्रशासनलाई झुक्याएर मेला मनाइएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।