|

काठमाडौं : देशभर तयार गरिएका क्वारेन्टाइनमा नौ हजार भन्दा बढी मानिसहरू राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारसम्म देशभर ९,२२८ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी गराएका हुन्‌। 

उनका अनुसार हालसम्म १,७९६ जनाको नमुना परीक्षण गरिएको छ। काठमाडौं बाहिरका नौ स्थानमा समेत परीक्षण सुरु गरिएको डा. देवकोटाले बताए। उनका अनुसार  परीक्षणको दायरा अझै बढाउन कञ्चनपुर र कैलालीमा पिसिआर मेसीन र र्‍यापिट किट गरी दुई विधिबाट परीक्षण गर्नेगरी नमुना संकलनको काम भइरहेको छ। त्यसैगरी जुम्ला र अछाममा पनि 'थ्रोट स्वाब' संकलन भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बुधबारसम्ममा  देशभर कुल १०० जना आइसोलेसनमा बसेका छन्‌। १६ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर ८४ जना आइसोलेसनमा बसेको मन्त्रालयले जनाएको छ। 

प्रवक्ता देवकोटाका अनसार अहिलेसम्म 'कन्टयाक्ट ट्रेसिङ'को काम ९० प्रतिशत सम्पन्न भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार संक्रमितको नजिक रहेका र परिवारका सदस्यहरुको 'कन्टयाक्ट ट्रेसिङ' भइरहेको छ। उनका अनुसार मन्त्रालयले दुई वटा नि:शुल्क कल सेन्टर (१११५–११३३) मा अहिलेसम्म आएका कलमध्ये ३,५०५ वटा जिज्ञासा सम्बोधन गरेको छ।

त्यसैगरी साइट (https://covid19.mohp.gov.np) र मोबाइल एप (हाम्रो स्वास्थ्य) मा पछिल्लो २४ घण्टामा १,८५१ जना 'इन्ट्रि' गरेका छन्। तीमध्य्ये १७ जना 'रेड जोन'मा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.