|

कञ्‍चनपुर : थे्रसरको पट्टामा बेरिएर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका २२ वर्षीया रेवती पाण्डेय जोशीको मृत्यु भएको छ। गहुँ थ्रेसिङ गरिरहेका बेला थे्रसरको पट्टामा सल बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो। 

उनलाई उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका इन्स्पेक्टर धर्मेन्द्र रावलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.