|

ब्राजिलियन लेजेन्ड स्ट्राइकर रोनाल्डिन्हो अन्तत जेलबाट मुक्त भएका छन्। नक्कली पासपोर्टका कारण जेलमा पुगेका रोनाल्डीनन्होलाई पाराग्वेले मंगलबार मुक्त गरेको हो।

नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा उनी र उनका दाई रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो। त्यस

पछि अदालतमा उनीहरुको सुनुवाई हुँदा ६ महिनाको जेल सजाय हुने फैसला गरिएपनि ३२ दिनपछि नै उनीहरु रिहा गरिएको हो। न्यायाधीस गुस्ताभो अमरिल्लाले मुद्धाको फैसला नभएसम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको जानकारी दिए। तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमानै रहन बाध्य भएका थिए।

रोनाल्डोका वकिल एडोल्फो मारिनले पुर्व खेलाडी रोनाल्डिन्होलाई झुटा कागजातको विषयमा केही थाहा नभएको र उनको सोझोपनलाई अदालतले बुझ्न नसकेको बताएका थिए। पुर्व स्टार फुटबलरलाई झुक्याइएको केस अदालतले नबुभ्mनु दुखद भएको तर्क गरिंदै आएको थियो। वकीलहरुले उनको नजरबन्द मनोमानी, अपमानजनक र गैरकानुनी रहेको भन्दै बहस गरेका थिए।

जेलमा रहँदा पनि रोनाल्डीन्होले भने आफ्नो पुरानो स्वभावलाई  कायम राखेका थिए। उनले आफ्नो जन्मदिन पनि जेलमै बिताएभने त्यहाँ रहँदा फुटबल समेत खेलेका थिए।

४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए। उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड समेत रहेका आफ्नो समयको उम्दा खेलाडी रोनाल्डिन्हो ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए।

उनकै दुई असिस्टमा सन् २००२ विश्वकप फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको थियो। उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए। उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड समेत हात पार्न सफल रहे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.