|

काठमाडौंः बेलायत र जर्मनीले आज ५ सय ४० भन्दाबढी आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लगेका छन्। लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई ती देशले चार्टर्ड उडानमार्फत फिर्ता लगेका हुन् । 

जर्मनीले कतार एयरवेजको जहाज चार्टर्ड गरी २ सय ८२ नागरिक फिर्ता लगेको छ भने बेलायतको टिटान एयरवेजमार्फत २ सय ५२ जना नागरिकलाई स्वदेश फिता लगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले थाहा खबरलाई जानकारी दिए ।  

दुवै जहाज जर्मन र बेलायत राजदुतावासले चार्टर्ड गरेका हुन् । अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द भएपछि अलपत्र परेका विदेशीहरु चार्टर्ड विमानबाट धमाधम स्वदेश फर्किने क्रम जारी छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.