भन्छन् : हामीलाई कसैले वास्तै गरेनन्
भन्छन् : हामीलाई कसैले वास्तै गरेनन्
काठमाडौं : सत्ताको चरम दमन सहन नसकेर देश छाडी भागेका म्यानमारका रोहिंग्याहरूको एक समूहले यतिखेर नेपालमा आश्रय लिइरहेको छ।
नौलो देश, नौलो भाषा र नौलो जीवनशैलीमा अहिलेसम्म अभ्यस्त हुन नसकेका यिनै रोहिंग्या शरणार्थीहरूले यतिखेर सरदरभन्दा निकै गहिरो दु:ख भोगिरहेछन्। कोरोना भाइरस संक्रमण फैलिएपछि यी विस्थापितहरूले निकै दु:ख ब्यहोरिरहेका छन्।
कपनभन्दा माथितिर पर्ने बालुवाखानीमा झोपडपट्टी बनाएर बसिरहेका रोहिंग्याहरूको बस्तीमा कोरोना रोकथाम गर्न लगाइको लकडाउनको चर्को प्रभाव परेको छ।
साविकको समयमा काम पाएका बेला बल्लतल्ल थोरै रकम जम्मा गरेर गुजारा टारिरहेका यी शरणार्थीहरू भन्छन् : निकै अप्ठेरो पर्यो, शरणार्थी मामिलामा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले वास्ता गरेनन्।
बाहिरी व्यक्ति आएर बोल्न र फोटो खिच्न लागे त्यस्तो गर्न नदिन रोहिंग्याहरूलाई आदेश दिइएको छ। फाट्टफुट्ट बाहिर निस्किएपनि बस्तीमा नयाँ मानिस देख्नासाथ उनीहरू जस्तापाताले बारेको झुप्रोभित्र पसिहाल्छन्। पुरूषले मात्र काम गर्ने र बालबच्चा धेरै भएकाले जीवन धान्नै मुस्किल भइरहेको उनीहरू बताउँछन्।
नेपालमा आश्रय लिइरहेका रोहिंग्याहरूको बस्तीभित्र अहिले कस्तो अवस्था छ त? हेरौं तस्बिरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।