|

बोस्टन : तीन दिनअघि अपुष्ट समाचारमा निधन भएको भनिएका निमा टेम्बा शेर्पाको मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्‍विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको छ। उनकाे निधन पारिवारिक स्राेतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

राजदुत कार्कीले लेखेका छन् -

निमा टेम्बा शेर्पाजीको कोराना भाइरसको उपचारका क्रममा निधन भएको ख़बर मित्र फुरी शेर्पाले गर्नुभयो। निमाजीलाई हार्दिक श्रद्धाञ्जलि ! अप्रिल ५ बिहान उठ्दा अमेरिकाका धेरै नेपालीले एकैदिन अजय छोचुन, थोक्मे बिष्ट र सोनाम लामालाई गुमाएको खबर सुनेका थिए। यो नाममा निमाको पनि जोडिएर आएको थियो । सञ्चारमाध्यममा आएको १२ घन्टा बित्न नपाउँदै निमालाई न्यूयोर्क शहरमा भेन्टीलेटरमा राखिएको खबर आएको थियो ।

उनको निधनसँगै कोरोना संक्रमणबाट न्युयोर्कमा निधन हुने नेपाली मूलका मानिसको संख्या पाँच पुगेको छ। करिब ३२ करोड जनसंख्या भएको अमेरिकामा ४ लाखभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भइसकेको छ। यहाँ मर्नेको संख्या करिब १३ हजार पुगेको छ भने २२ हजारभन्दा बढी निको भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.