|
फाइल फोटो

प्युठान : यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ। तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन्।

स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा राखेको छ। सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए।

 एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति २५० रूपैयाँ प्रतिदिनको सुविधा प्रदान गरेको छ। ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन्। प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन्। 

प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.