|

काठमाडौं : आज देशका अधिकाशं पहाडी भू–भागको मौसम बदली भइ केहि स्थानमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने संभावना छ।

 मध्य,पुर्व र पश्चिम पहाडका एक दुइ स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले स्थानीय वायू र पश्चिमी वायूको प्रभावका कारण हावाहुरी , मेघ गर्जन र चट्याङ सहित पानी पर्ने बताएन्।  

अन्य स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने उनको भनाइ छ। देशका अन्य स्थानको मौसम सफा रहनेछ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.