|

काठमाडौं :   सरकारले अत्यावश्यक सेवा दिने निकायमा कार्यरत बाहेक घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरूलाई पनि काममा खटाउने भएको छ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन प्रभावकारी बनाउन सरकारले उनकीहरूको लागि १० वटा कामको सूचीसमेत तयार पारेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न भनेको छ।

त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्‍न सरकारको निर्देशनलाई पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने, आफू बसेको ठाउँ वरपर कोभिड–१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्‍न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.