|

डडेल्धुरा : बाजुरामा गोली हानी एक महिलाको हत्या गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको हो।

गएराति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी बाजुराले जनाएको छ।

सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्‍नाले जानकारी दिए।

भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्रै माइती पक्षले प्रहरीलाई जानकारी आएको प्रहरी निरीक्षक ठगुन्‍नाले बताए। 

जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको छ। मृतकका श्रीमान् गोरख रोकायालाई एकथान बरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनका अनुसार मृतक सुन्तको टाउको बीचमा गोली लागेको छ।

गौमुलको टोलीले घटनास्थल पुगेर अनुसन्धा थालिसकेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्‍ना कमाण्डको टोली घटनास्थलतर्फ गएको छ। घटना के कति कारणले भएकोबारेमा विवरण टोली पुगेपछि थाहा हुने प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.