|

काठमाडौं : काठमाडौं उपत्यकाका सडकमा रहेका बेसहारा चौपायापशुहरुको उद्बार गरिएको छ। दुई दिनमा उपत्यकाका विभिन्न स्थान तथा सडक र मन्दिरमा रहेका १४ वटा पशुको उद्बार गरिएको हो।

पहिलो दिन बल्खु,कलंकी र बाफलबाट आठ गाइको उद्बार गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले जानकारी दिए। उनका अनुसार दोस्रो दिन छ वटा गाइको उद्बार गरिएको छ। नैकाप र बाँसबारीबाट उद्बार गरिएको हो।

भेटनरी नेपाल, पशुसेवा विज्ञ केन्द्र, एस. पी.सि.ए र असहाय बाच्छाबाच्छी संरक्षण अभियान मिलेर सडकका पशुको उद्बार गरिएको उनले बताए।

सडकमा रहेका पशुहरुको कारणले पनि सडक फोहोर भइरहेको छ उद्बार गरेमा सहर र सडकमा फोहोरको कमी हुने उनले उनको भनाइ छ।

त्रिभुवन विमानस्थल पछाडिको खाली जग्गामा उद्धार गरिएका पशुहरुलाई लगेर राखिने  सदस्य सचिव ढकालले बताए। उनले भने, 'अहिलेसम्म ८० भन्दा बढी बेसहारा पशुको उद्बार गरेर राखिएको छ। उपत्यकामा बेसहारा चौपाया सहरोन्मुख बनाउने अभियानमा लागेका छौँ।'

केही वर्ष अगाडिदेखि बेसहारा पशुहरुलाई उद्बार गरिँदै राखिएको थियो। लकडाउन अवधि भरमा पशुको उद्बार गर्न सहज हुने भएकोले यसलाई निरन्तरता दिएको उनले जानकारी दिए। यो समयमा बेसहारा पशुहरुलाई आहाराको समस्या हुने भएकोले नै उद्धार गरिएको उनले प्रष्ट पारे।

लकडाउन अवधिभरम उपत्यकाका सम्पूर्ण बेसहारा पशुहरुको उद्बार गरिने बाच्छाबाच्छी संरक्षण अभियानका प्रमुख उतम पुडासैनीले बताए। भक्तपुरतिर बढिरहेकोले आजदेखि त्यताका पशुको उद्धार गरिने उनले जानकारी दिए।

‘अहिलेसम्म उपत्यकाबाट ८० भन्दा बढी बेसहारा पशुहरुको उद्धार गरिसकिएको छ', उनले भने, 'बेसहारा पशुहरुको आहारका लागि विभिन्‍न संघ संस्थाहरु मिलेर व्यवस्थापन गरिरहेका छौँ।' १० जना भन्दाबढी मानिसहरुले पशुहरुको स्याहार गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.