प्रतिस्पर्धाको मनोविज्ञानले तलब काट्ने होडबाजी

|

काठमाडौ : विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथामको लागि रातदिन नभनी सुरक्षामा खटिएका सुरक्षाकर्मीको सेवा सुविधा कटौती गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। 

जनप्रतिनिधि लयायत अन्य व्यक्तिको तलब काटिनुपर्नेमा सुरक्षाकर्मीको काटिएकोमा सरकारको चर्को आलोचना भइरहेको छ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले यसअघि पनि प्रहरीको तलब काटिएको बताए। देशमा सदा दैवी प्रकोप हुँदा पनि सुरक्षाकर्मीको तलब, भत्ता काटेर सहयोग गर्ने चलन पहिलेदेखि रहेको  बताउँछन्। लोकतन्त्र आउनुभन्दा अगाडि पञ्चायतकालदेखि सुरक्षाकर्मीको तलब काटिएको उनले जानकारी दिए।

'२०७२ सालको भूकम्पमा पनि नेपाल प्रहरीको भत्ता काटिएको थियो,’ उनले भने,’ त्यसबेला प्रहरी पनि उद्धार कार्यमा खटिएको थियो। तर पनि पनि तलब भत्ता कटौती गरिएको थियो।'

देशमा विपत्ति आइपर्दा सुरक्षाकर्मीको तलब काटिने गरिएको यो पहिलोपल्ट नभएको उनले जानकारी दिए। प्रहरी संगठनभित्र पहिले कसले सहयोग गर्ने भनेर ठूलो मनोविज्ञान बनेर बसेको उनी बताउँछन्। 

नेपाली सेनाले गर्नुभन्दा पनि पहिले नेपाल प्रहरीले गर्न पाए हुन्थ्यो भन्‍ने मनोविज्ञानले नराम्रो प्रतिस्पर्धा चलेको उनी सुनाउँछन्। 'प्रतिस्पर्धाको मनोविज्ञानको प्रभावले कसले बढी र पहिले घोषणा गर्ने प्रतिष्पर्धा चल्ने गरेको छ', उनले भने, 'मुलुकमा यस्तो संकट बेला-बेलामा आइरहन्छ। तर सुरक्षाकर्मीको तलब भता कटौती गर्न उचित होइन।'

संगठनको नेतृत्वले स्वेच्छाले यस्तो कदम चाल्ने गरेको उनले बताए। 'संगठनको नेतृत्वले आफ्नो इच्छाअनुसार यस्तो कदम चालिएको हुन्छ', उनले भने,'सरकारको कुनै हात हुँदैन। सबैभन्दा बढी जिम्मेवारी बहन गर्ने सुरक्षाकर्मी नै भएकोले पनि यस्तो घोषणा गरिएको हुनसक्छ।'

सुरक्षाकर्मीलाई सरकारले दिने तलब भत्ताले राम्रोसँग खान नपुग्‍ने पनि उनले टिप्पणी गरे। यो महामारीको बेलामा सरकारले सुरक्षार्थ खटिएका व्यक्तिको सुरक्षामा ध्यान दिनुपर्ने उनले सुझाव उनले दिए। 

‘कतिपय अवस्थामा नागरिकले पानी र खाजा खुवाएका छन्,’उनले भने, 'राम्रोसँग पञ्‍जा र मास्क पनि लगाउन पाइरहेका छैनन्। पहिले उनीहरुको सुरक्षामा सरकारले ध्यान पुर्‍याउन सक्नुपर्छ।'

महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा सचेतनाको लागि प्रहरीको राम्रो परिचालन भएको उनले बताए। 'परिचालन मात्रै गरेर हुँदैन, सुरक्षा कतिको भरपर्दो छ? त्यसमा पनि उतिकै ध्यान दिनुपर्छ', उनले भने, 'फिल्डमा खटिएका सुरक्षाकर्मी सुरक्षित भएमात्रै अरुलाई सुरक्षित बचाउन सक्छन। स्वास्थ्यको दृष्टिकोणले एकदम संवेदनशील अवस्थामा जोखिम मोलेर नेपाल प्रहरीले काम गरिरहेका छन।'

देशको आर्थिक हैसियत अनुसार सरकारले सुरक्षकर्मीलाई सेवा सुविधा दिइरहेको उनले उल्लेख गरे। 'आर्थिक रुपमा मुलुक नै मजबुत छैन। जवरजस्ती सेवा सुविधा बढाएर मात्रै आर्थिक भार थप्‍नु राम्रो हुँदैन', उनले भने, 'अहिलेको यो संकटपछि त झनै देशको आर्थिक अवस्था खस्किन सक्छ।'

मल्लले नेपाल प्रहरी अझै प्रविधि मैत्री हुन नसकेको बताए। सडकमा लकडाउन उल्लंघन गर्नेलाई बल्ल मेसिनले पक्रिन थालिएको उनले बताए। 'त्यस्तो प्रविधि नेपालमा सीमित मात्रामा छ', उनले भने, 'त्यस्तो सामान पर्याप्त मात्रामा बनाउनै सकिएको छै, प्रहरीलाई बढी भन्दा बढी प्रविधियुक्त बनाउनैपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.