|

पर्सा : प्रदेश २ को ४ सय ६४ किमि खुला सीमामा उच्च सतर्कता बढाइएको छ। लकडाउन र सीमा सिल गरिएको अवस्थामा पनि मानिसको आवतजावत नरोकिएपछि सशस्त्र प्रहरीले सीमामा हुने अवैध ओहोरदोहोरमा कडाइ गरेको हो। महोत्तरीको बर्दिबासमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति तथा डिआइजी राजु अर्यालले भने।

प्रदेश २ मा ३ सय १५ सुरक्षा पोस्ट थप

सशस्त्र प्रहरीले प्रदेश २ मा ३ सय १५ वटा अतिरिक्त पोष्टहरु थप गरी ४ सय २५ वटा पु¥याइएको छ। साविकमा प्रदेश २ का आठ जिल्लाको सीमा क्षेत्रमा १ सय १० स्थानमा ५ सय ५० जना खटाइएको थियो। तर गएको २४ चैतबाट ४ सय २५ पोस्टमा २ हजार २ सय ८ जना सुरक्षाकर्मी खटाइएको छ। प्रदेशमा रहेको सशस्त्रको कुल जनशक्ति मध्ये झण्डै ८५ प्रतिशतलाई सीमामा खटाइएको छ। 

वारिको क्‍वारेन्टाइनमा २ सय १६ भारतीय पारि ७१ नेपाली 

प्रदेश २ का आठ जिल्लामा २ सय १६ जना भारतीय नागरिकलाई क्‍वारेन्टाइनमा राखिएको छ। सीमासम्म आइपुगेकामध्ये ७१ जना नेपालीलाई पनि सीमावर्ती भारतीय स्थानमा क्‍वारेन्टाइनमा राखिएको सशस्त्रको बर्दिबास वाहिनीले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.