|

एजेन्सी : यता भारतीय प्रधानमन्त्री नरेन्द्रदाश करमचन्द मोदीले प्रधानमन्त्री के पी शर्मा ओलीलाई फोन गरेर सद्भावनाको कुरा गरिरहेका बेला एउटा भारतीय सञ्चार माध्यमले भने नेपाल भारत सम्बन्धमा चिसोपना बढाउने कुरा प्रचारमा ल्याएकोछ। भारतीय बिहारमा नेपालको बाटो भएर कोरोना भाइरस संक्रमित भारत प्रवेश गरिरहेको भनी एक भारतीय मिडियाले आरोप लगाएको छ। बिहारको पश्चिम  चंपारण (बेतिया) जिल्ला अधिकारी कुन्दन कुमारले शुक्रबार (आज) एक पत्र लेख्दै नेपालबाट भारतको बिहार हुँदै कोरोना संक्रमितहरु धमाधम भारत पसिरहेका बताएका छन्।  

भारतीय सञ्चारमाध्यम अमर उजालाले यो समाचार लेखेको हो। समाचारमा लेखिएको छ – भारतमा, खासगरी बिहारमा कोही कोरोना भाइरस संन्दिग्धहरु धमाधम छिरिरहेका छन्, यो उनीहरु रणनीति बनाएरै कोरोना संक्रमण फैलाउन भारत आइपुगेका हन्। 

ती जिल्ला अधिकारीले पत्रमा त्यसरी भारत भित्रिनेलाई ‘कोरोना संन्दिग्ध’ भनी उल्लेख गरेका भारतीय सञ्चारमाध्यम अमर उजालले जनाएको छ। साथै कुन्दन कुमारले भारत भित्रिने सबैलाई ‘भित्र्याएको’ भनी लेखेका छन्। उनले त्यसरी भित्रिनेको संख्या ४० देखि ५० जना रहेको उल्लेख गरेका छन्। 

बेतियाका डिएम (डिस्ट्रिक मेजिस्ट्रेट) कुन्दन कुमारको पत्र आएसँगै बिहारमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उनको पत्र पाएपछि बिहारका गृहमन्त्री अमिर सबुहानीले सीमा नाका उच्च सुरक्षा सतर्कता बढाइएको र स्वास्थ्य जाँच बढाइएको बताएका छन्। पछिल्लो दुई दिनमा भारतको बिहारमा कोरोना संक्रमबाट एक जनाको ज्यान गएको छ भने अहिलेसम्म ६० जनामा कोरोना संक्रमण भेटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.