|

काठमाडौं : सरकारले हालसम्म ३ हजार ५ सय २४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा ६ सय ३० वटा नयाँ नमुना परीक्षण भएको बताएको छ। तीमध्ये काठमाडौ उपत्यकामा ४ सय एक र बाहिर २ सय २९ वटा नमुना परीक्षण गरिएको हो।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले परीक्षणको क्रममा रहेका नमुना परीक्षणको संख्या ८ सय बढी रहेको जानकारी दिए।

उनका अनुसार आजसम्ममा देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै आइसोलेशनमा रहेका १२५ मध्ये १५ जना काठमाडौंमा र बाहिर ११० जना रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.