राजधानीमा चुपचाप भइरहेको एउटा ‘क्रान्ति’
राजधानीमा चुपचाप भइरहेको एउटा ‘क्रान्ति’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारमा वसन्त नेम्वाङ सबैभन्दा लो प्रोफाइलका नेता हुन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुअघि उनलाई नेकपाकै नेताहरुले पनि कमैले चिन्थे। रघुवीर महासेठले विवादै विवादमा दुई वर्ष रहेर बाहिरिएपछि प्रम ओलीले भौतिक पूर्वाधार मन्त्रालयको बागडोर नेम्वाङको हातमा थमाइदिए।
महासेठ बाहिरिँदा उपत्यकाका सडक जताततै खाल्डा थिए भने धुलोको कुरा गर्नै परे। लो प्रोफाइलको राजनीतिमा लामो समय बसेर जीवनमै पहिलो पटक उच्च जिम्मेवारी पाएका उनै नेम्वाङ अहिले ओली सरकारका सबैभन्दा अब्बल र निर्विवाद मन्त्री बनेका छन्।
नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालय सम्हालेपछि हिजो कामै नगर्ने कर्मचारी, इन्जिनियर र ठेकेदारले पनि पाइला चाल्न थाले। अर्थात, काठमाडौंका सडकले धमाधम स्वरुप फेर्न थाले।
देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ। यस्तो अवस्थामा अधिकांश कर्मचारी र सर्वसाधारण घरमा छन्। तर नेम्वाङको कमाण्डमा राजधानीमा चुपचाप एउटा ‘क्रान्ति’ भइरहेको छ।
हिजोसम्म गाडी डुब्ने राजधानी उपत्यकाका मूलदेखि भित्री सडकका खाल्डा धमाधम पुरिएका छन्। कयौँ वर्षदेखि कालोपत्र नथपेर ‘दाह्रा पलाइसकेका’ सडक चिल्ला भएका छन्। केही महिनासम्म धुलोबाट जोगिन नाक मुख छोप्नुपर्ने अवस्था क्रमशः हट्दै गएको छ।
लकडाउनले देश ठप्प हुँदा पनि नेम्वाङको नेतृत्वमा काठमाडौंका सडकमा धमाधम लेन छुट्याउने संकेदेखि, जेब्रा क्रस, दायाँबायाँको साइडमा रंगरोगनका काम चलिरहेका छन्।
सामाजिक दूरीको सिद्धान्तलाई पालना गर्दै सडक डिभिजन कार्यालयले काठमाडौंका सडक रंग्याइरहेको छ। धेरै मजदुर कि त कोठामा बन्द छन् कि त घर फर्किसके। मन्त्रालयले उपलब्ध भएका मजदुरको प्रयोग गरेर काठमाडौंका सडक चिटिक्क बनाइरहेको छ।
हेर्नुस् फोटो फिचर
तपाईंको ईमेल गोप्य राखिनेछ ।