मस्जिदसहित शंकास्पद स्थानमा प्रहरीको छापा

|

हेटौंडा : कोरोना पोजेटिभ देखिएका ३ भारतीय वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएका छन्। उनीहरुलाई कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छ। 

धार्मिक मेलाबाट आएका थिए

नारायणी अस्पतालको आइसोलेसन वार्डमा बिहिबार दिउँसो आफैं आएर भर्ना भएका भारतीय तीन मुस्लिम धर्म प्रचारकहरु दिल्लीमा आयोजित मुस्लिम धार्मिक भेलामा सहभागी भइ वीरगन्जको छपकैयामा रहेको मस्जिदमा आएर बसेका खुलेको छ। 

आइसोलेसनमा भर्ना भएका तीनैजनाको स्वाब परिक्षणका लागि बिहीबार नै हेटांैडाको प्रयोगशालामा पठाइएको थियो। हेटौंडामा परीक्षण गर्दा पोजेटिभ आएपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा स्वाब लगिएको थियो। त्यहाँ पनि पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।   

छापा मारेर क्वारेन्टाइनमा 

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापा मारेको छ। शंकास्पद स्थान रहेको छपकैंयास्थित मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणा लिएर सिद्धार्थ माविको क्वारेनटाइनमा राखिएको छ।

उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ। पन्तले भनिन्, ‘भारतीय जमातीमा सहभागी हुने ठूलो संख्या हुन सक्छ उनीहरुको खोजी कार्य जारी छ।’ 

४० घण्टापछि जानकारी

विहीबार नै पठाइएको स्वाब शुक्रबार परीक्षण भयो, शनिबार रिर्पोट आयो। शनिबार हेटौंडामा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो। 

काठमाडौंमा पनि रिर्पोट पाजेटिभ देखेपछि हेटौंडाको सञ्चारमाध्यमहरुले कोरोना संक्रमितको समाचार प्रकाशन गरेका थिए। 

तर सरकारले आधिकारिक रुपमा आज दिउँसो मात्रै सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजबाट उक्त कुरा सार्वजनिक गरेको हो। 

कोरोना संक्रमण जस्तो जटिल अवस्थामा सरकारले ४० घण्टासम्म तथ्य लुकाइरहेको पाइएको छ। बागमती प्रदेश सरकारले भने एकद्धार माध्यमबाट कोरोनाबारे नियमित पत्रकार सम्मेलन भइरहेकोले काठमाडौंबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराउने बताएको थियो। 

वीरगञ्ज र हेटौंडामा त्रास

बागमती प्रदेशको राजधानी हेटौंडा र २ नम्बर प्रदेशमा रहेको देशकै ठूलो व्यापारिक शहर वीरगञ्जबासी त्रसित भएका छन्। वीरगञ्जबाट हेटौंडामा अत्यावश्यक सामाग्रीहरु ओसार पसार भइरहेकोले त्यहाँ देखिएको कोरोना हेटौंडामा आउन सक्ने भन्दै त्रास फैलिएको छ। 

यद्यपी हेटौंडामा प्रशासनको फितलो तयारीको कारण लकडाउन पूर्णरुपमा लागु हुन सकेको छैन। प्रदेश सरकारले २ नम्बर प्रदेश संग जोडिने हेटौंडाको र चुरियामाई नाकामा कडाई गर्ने बताएको छ। 

यस्तै वीरगञ्जका स्थानीयहरु पनि त्रसित भएका छन्। उपचारमा संग्लन चिकित्सहरु, मस्जिद वरिपरि र सँगै रहेकालाई खोजेर क्वारेनटाइनमा राख्ने तयारी भइरहेको पर्सा प्रशासनले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.