|

हेटौंडा :  हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना पोजेटिभ देखिएको छ। हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए। 

उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक वृद्ध, भारत बैङलोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।

उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाइएको छ।

परिवारका सबैको स्वाब परिक्षण हुँदै 

र्‍याापिड टेष्टमा पोजेटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ। बागमती प्रदेशमा  करिब १८ सय जनाको र्‍यापिड डाइग्नोसिस टेष्ट विधिमार्फत जाँच गरिएको छ। बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो।

बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक १० जिल्लामा बुधबारसम्ममा १७ सय ९१ जनाको र्‍यापिड टेष्ट किटबाट जाँच गरिएको थियो। र्‍यापिड टेष्ट गरिएकामा ७ जना पोजेटिभ पाईएको थियो। काठमाडौंमा ३, धादिङमा १, काभ्रेमा १ र चितवनमा १ जनामा पोजेटिभ पाईएको थियो।

र्‍यापिड टेष्टमा पोजेटिभ पाईएकामध्ये पिसिआर प्रविधिबाट काठमाडौंका २ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ ९कोरोना नभएको० पाईएको छ। र्यापिड टेष्ट शरिरमा कोरोना विरुद्धको एन्टीबडी तयार भएको छरछैन भन्ने जाँच भएकाले यसमा पोजेटिभ देखिने वित्तिकै आत्तिनु नपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ। यसको अन्तिम नतिजाका लागि पिसिआर विधिबाट हुने र यसको परीक्षण हेटौँडा–१० स्थित प्रयोगशालाबाट हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.