संक्रमितलाई प्रदेशको आइसोलसनमा राखिने
संक्रमितलाई प्रदेशको आइसोलसनमा राखिने
उदयपुर : उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितलाई १ नम्बर प्रदेशको आइसोलेसनमा राखिनेका भएको छ। १२ संक्रमित र अन्य चारजनालाई प्रदेश १ ले बनाएको कोरोना विशेष अस्पतालमा उपचारका लागि पठाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।
उनीहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पतालमा राखिने भएको छ । १६ जनालाई एम्बुलेन्समा राखेर विराटनगर पठाइसकिएको प्रजिअ पहाडीले बताए ।
प्रजिअ पहाडीका अनुसार उनीहरुले देखाएको रेलको टिकट हेर्दा नयाँ दिल्लीबाट ४ महिना अगाडि नेपाल आको देखिएको छ।
उनीहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल छिरेको खुलेको छ। त्यसपछि उनीहरु सुनसरीबाट सप्तरी पुगेका थिए। उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार कोरोना संक्रमित भेटिएपछि मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो।
बोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको उनीहरुले बताएको मगरले जानकारी दिए। उनीहरुको ‘ट्राभल हिस्ट्री’ विस्तृत रुपमा खोज्ने काम भइरहेको प्रजिअ पहाडीले बताए।
उक्त मस्जिदका अन्य ४ जना नेपाली रहेका त्यहाँका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए।
त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ प्रहरीले सिल गरेको छ। ‘हामीले मस्जिदलाई सिल गरिसकेका छौँ’, मगरले भने, ‘यहाँबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाउँदैछौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।