१४ नयाँ संक्रमितको कन्याक्ट ट्रेसिङ सुरू

|

काठमाडौं : सरकारले देशका ७७ वटै जिल्लाबाट र्‍यापिड र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत कोरोना भाइरसको नमुना परीक्षण सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत लिएर गरिने र्‍यापिड टेस्ट (आरडीटी) आजबाट सबै जिल्लामा सुरु गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म यो विधिबाट कुल १९ हजार ४ सय ५४ वटा नमुना परीक्षण गरिसकिएको बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र देशभरमा २ हजार ८ सय ८९ वटा नमूना परीक्षण गरिएको छ। अहिले विभिन्‍न जिल्लामा र्‍यापिड टेष्ट किटमार्फत परीक्षण भइरहेको र पोजेटिभ आएका केशहरुको पीसीआर प्रविधिबाट पुर्नपुष्टि गर्ने क्रम जारी रहेको छ। 

प्रवक्ता देवकोटाले हिजो एकैदिन थपिएका उदयपुरका १२ जना र चितवनका २ जना कोरोना सक्रमितको केश इन्भेष्टिकेशन र कन्याक्ट ट्रेसिङको काम भइरहेको पनि बताएका छन्।

मन्त्रालयका अनुसार उदयपुरका नयाँ संक्रमित २० देखि ४० वर्षका रहेका छन् भने चितवनमा २७ बर्षीय पुरुष र ६३ वर्षीया महिला रहेका छन्। 

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा १२ जना, धनगढीमा ५, वीरगन्जमा ४ जना, बाग्लुङ, भरतपुर, र पाटनमा २–२ जना र टेकुमा उपचाररत एक जना गरी सबै २८ जनाको स्वास्थ्यअवस्था सामान्य छ। 

आजसम्म देशभर ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्। आज देशभर संभावित र  संक्रमित गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौंमा ५ जना र काठमाडौंबाहिर १ सय १२ जना रहेका छन्।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.