भन्छन् : सरकारले खोरमै सबै कुखुरा मारिदियोस्

|

हेटौंडा : देशमा लकडाउनका कारण उद्योगधन्दा कलकारखाना बन्द छन्। हजारौंको रोजगारी गुम्ने अवस्थामा छ। स्वरोजगारमा लागेका किसान तथा व्यवसायी सबै लकडाउनका कारण मारमा परेका छन्। मकवानपुुरमा पनि कुखुरापालक किसानको अवस्था नाजुक छ। 

लकडाउनका कारण कुखुरापालक किसानले जिल्लामा दैनिक एक करोड रुपैयाँभन्दा बढीे क्षति बेहोरिरहेका छन्। लकडाउनको अवधि अझै बढे व्यवसाय नै धरापमा पर्ने कुखुरा व्यवसायी संघ मकवानपुरले चिन्ता व्यक्त गरको छ।

मकवानपुरमा करिब एक हजार पाँच सय कुखुरापालक किसानहरु कुखुरा, अण्डा र चल्ला बिक्री नहुँदा प्रत्यक्ष मारमा परेका छन्। दाना उद्योगहरुले दानको मूल्य बढाएकाले आफूहरुको अवस्था झनै नाजुक बनेको उनीहरुले बताएका छन्। यस्तो अवस्थामा कुखुरा पाल्न नसक्ने भन्दै किसानहरुले धमाधम सस्तै मूल्यमा भए पनि कुखुरा बेचिरहेका छन्। 

हेटौंडा ७ का सरगम थपलियाले ३ हजार लेयर्स कुखुरा पालेका थिए। तर उनले लकडाउनका कारण कुखुरा पाल्न नसकेपछि प्रतिगोटा एकसय रुपैयाँमा सबै कुखुरा बिक्री गरेको बताए। 

उनका छिमेकी दिनेश दाहालले पनि लेयर्स कुखुरा पालिरहेका छन्। उनलाई पनि कुखुरा बचाउनै समस्या हुन थालेको छ। जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेको कुखुरा पालक व्यवसायी संघले जनाएको छ। 

यस्तोमा करिब एक अर्ब रुपैयाँ नोक्सानी भइसकेको संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले जानकारी दिए। लकडाउनको समय थपिए जिल्लामा कुखुरा व्यवसाय उठ्नै नसक्ने गरी थलापर्ने उनले बताए। 

हेटौंडा ८ कुखुरा पालक किसान सुनिल अधिकारीका अनुसार शून्यमा जान लागेको कुखुरा व्यवसायलाई राज्यले केही राहत प्याकेज दिएर भए पनि बचाउनुपर्ने बताए 
‘अब किसानहरु कुखुरा पाल्न नसक्ने स्थितिमा आइसके, त्यसमाथि माथि लकडाउन थपियो भने हामी उठ्नै सक्दैनौं,’ अधिकारी बताउँछन्। संघको तथ्यांकअनुसार १४ महिनाअघि पनि बर्ड फ्लु र अन्य संक्रमणका कारण ३ लाख कुखुरा नष्ट हुँदा करोडौं रुपैयाँ नोक्सान भएको थियो।

लागतभन्दा कम मूल्य निर्धारण

मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुरा प्रतिकेजी १ सय २५ रुपैयाँमा मूल्य निर्धारण गरेको छ। हाल कुखुराको लागत मूल्य १ सय ८० रुपैयाँ प्रतिकिलो पर्न जाने भएता पनि पाल्नै गाह्रो भएपछि जिल्लामा रहेका सप्लार्यस तथा किसानहरुलाई उक्त मूल्यमा खरिद बिक्री गर्न आग्रह गरिएको छ।   

समस्या कसैले बुझनेन् : अध्यक्ष

मकवानपुर उद्योग वाणिज्य संघले कुखुरा व्यवसायीहरुको समस्या नबुझेको भन्दैै अधिकारीले दुखेसो व्यक्त गरेका छन्। अधिकारीले किसान जोखिमको बेलामा कुखुरापालक किसानलाई कसैले नबुझेको दुखेसो गरे। उद्योग वाणिज्य संघले ठूला व्यवसायीको मात्र दुःख देख्ने गरेको उनले आक्रोश व्यक्त गरे। साना कुखुरापालक किसानहरुको भावना संघले नबुझेको उनले गुनासो गरे।

कुखुरा मार्न आग्रह

लकडाउनका कारण मारमा परेको भन्दै मकवानपुरका कुखुरापालक किसानले आफ्नो खोरमा रहेका सबै कुखुरा नष्ट गरिदिन प्रशासनसमक्ष आग्रह गरेका छन्। 
दोस्रोचोटि लकडाउन थपिएपछि कुखुरा व्यवसायी संघले जिल्लाभर रहेका १४ लाख कुखुरा सरकारी अभिलेख राखेर मारिदिन प्रजिअ दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको थियो। 

दाना उद्योगहरूले विभिन्न बहानामा दानाको भाउ बढाएर दुःख दिएपछि पाल्न नसकिने भन्दै कुखुरा मारेर राहतको प्याकेज उपलब्ध गराउन तथा बैंकको ब्याज मिनाहा गर्न उनीहरुले आग्रह गरेको अध्यक्ष अधिकारीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.