|

काठमाडौं  : नेपाल एसबिआई बैंक सञ्चालक समितिले कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो। 

बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई रकम पाँच लाख  र केन्द्रीय सरकारलाई रु पचास लाख अविलम्ब उपलब्ध गराइने बैंकले जनाएको छ।

यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बैंकले जनाएको छ।

बैंकले यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.