|

काठमाडौं : कोरोना भाइरस अर्थात कोभिड १९ को परीक्षणको संख्या करिब ३७ हजार पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आजसम्म पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार ७ सय १९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् । उनले आरडिटी विधिबाट मात्र हालसम्म २७ हजार ९५६ वटा परीक्षण गरिएको बताएका छन् ।

जसमध्ये  प्रदेश नम्बर १ मा २ हजार ६२०, प्रदेश नम्बर २ मा ३ हजार ५९८, बागमती प्रदेशमा ५ हजार १५७, गण्डकी ४ हजार १८३, प्रदेश नम्बर ५ मा २ हजार ४८३, कर्णाली प्रदेशमा ३ हजार ७३८, सुदुरपश्चिम प्रदेशमा ६ हजार १७७ वटा रहेको छ।

उनकाअनुसार आजसम्म देशभर ७ हजार ६७ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा १ सय ७ जना रहेका छन्। काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिर १०१ जना आइसोलेसनमा रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.