|

सिर्जना अधिकारी (लमजुङ) : लकडाउनको समयमा अनुमति लिएर बाहिरी जिल्लाबाट आउने सवारी साधनलाई कीटनाशक विषादी छर्केरमात्रै लमजुङ प्रवेश दिइएको छ। तनहुँको सीमा पाउँदीमा एम्बुलेन्स र खाद्यान्न बोकेका गाडीमा कीटनाशक विषादी छर्कने गरिएको छ।

कीटनाशक विषादी छर्कन सुन्दरबजार नगरपालिकाले दिउँसोको दुई सिफ्टमा दुई जना युवक खटाएको छ। एम्बुलेन्स, खाद्यान्न बोक्ने, कूटनीतिक नियोग र सुरक्षा निकायका गाडीलाई ‘डिसइन्फेक्सन’ गरेर मात्र जिल्ला प्रवेश गर्न दिइएको कमान्ड पोस्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए। 

यस्तै लमजुङ प्रवेश गर्ने नाका दैनिक १२ घण्टाका लागी सिल गरिएको छ। साँझ सातदेखि बिहान सात बजेसम्म एम्बुलेन्सबाहेक पास भएका गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाइएको हो। मुख्य नाका पाउँदीसँगै दुईपिप्ले, रामबजारलगायत नाकाबाट प्रवेश रोकिएको छ। दिउँसोको समय खाद्यान्न बोकेका गाडीलाई मात्र प्रवेश दिइएको छ। 

कीटनाशक औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत ल्याइएको हो। मुख्य गेटछेउछाउ, मानिस भीड हुने स्थान, हेल्थ डेस्कमा समेत औषधि छर्कने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.