|

काठमाडौ : विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउनको एक महिना पूरा भएको छ। 

चैत ११ देखिको लकडाउन निरन्तर छ। तेस्रो पटक थपिएको लकडाउन बैशाख १५ सम्मका लागि जारी छ। एक महिना घरमै थुनिएका नागरिकलाई अहिले स्थानीय सरकारको पहलमा बल्ल घर फर्काउन थालिएको छ। सरकारले अघोषित रुपमा घर जान चाहनेलाई जान दिने थालेपछि केही दिनदेखि काठमाडौंका विभिन्न चोकमा गाडीको बाक्लो लाम लागेको छ।  

शुक्रबार कलंकी कोटेश्वर, जडिबुटी, लोकन्थलीबाट घर जानेको संख्या उस्तै थियो। बेमौसमको झरीको पर्वाह नगरी सर्वसाधारण आफ्नो थातथलो फर्किन सवारी साधनकै पर्खाइमा थिए। कसैलाई बालबच्चा झरीबाट जोगाउनै चिन्ता थियो। प्रहरीले ‘आज गाडी जाँदैन, तपाईहरु समयमै घर फर्कनुस्’ भन्दै थिए। सवारी साधन पाउनेहरु जाँदै थिए। यसरी जानेहरुलाई गन्तव्यमा पुगेपछि दुईसाता क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेको छ ।

हेर्नुहोस् फोटो 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.