|

काठमाडौं : भारतले करिब एक महिनाको ‘लकडाउन’पछि साना पसलहरु खोल्ने अनुमति दिएको छ। तर शहरभित्रको प्रमुख बजार क्षेत्रको पसल खोल्ने अनुमति दिइएको छैन्। कोरोनाभाइरस संक्रमणको महामारीले भारत मार्च २५ यता पूर्ण ‘लकडाउन’मा थियो।

भारतको गृह मन्त्रालयले साबधानी एवम् सतर्कताका उपायहरु अबलम्बन गरेर ग्रामीणसँगै शहरी क्षेत्रका गैर अत्यावशकीय पसलहरु खोल्ने अनुमति दिएको छ। यद्दपी शपिङ मल बन्द रहनेछन्। गृहमन्त्रालयले आर्थिक गतिविधि बिस्तारै बढाउने नीति बमोजिम पसलहरु सञ्चालन गर्ने अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ।

गृहमन्त्रालयले पसलमा कार्यरत पचास प्रतिशत श्रमिक मात्रै काममा फर्किने र कार्यरत श्रमिकले अनिवार्यरुपमा अनुहार मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी अपनाउनुपर्ने शर्त राखेको छ। 

भारतमा कोभिड–१९ संक्रमितको संख्या २६ हजार नाघेको छ। अहिलेसम्म भारतमा २६ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ। मृत्यु हुनेको संख्या ८ सय २६ रहेको छ। त्यस्तै ५ हजार भन्दा बढी संक्रमणपछि निको भएर घर फर्किएका छन्। दशौं लाख भारतीय अत्यावश्यक तथा गैर अत्यावशकीय सामग्रीका लागि घर नजिकको पसलमा आश्रित छन्।भारतमा ‘लकडाउन’को क्रममा आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा, उद्योग, विद्यालय, कार्यालय र पसल पूर्णरुपमा बन्द गरिएको छ। 

यद्दपी कोभिड–१९ को संक्रमणको हटस्पट क्षेत्रमा भने उक्त सहजता लागू नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.