|

काठमाडौं : नेपाली भीम निरौला बेलायती गट ट्यालेण्डको अर्को चरणमा प्रवेश गरेका छन्। 

५४ वर्षीय भीमले ‘सन्डे मर्निङ लभ यु’ गीत गाएका थिए। उनले गाएको गीतले निकै चर्चा पाएको छ। उनले गाएको गीतको जजहरुले निकै तारिफ गरे। उनको गीतले स्टेजको माहोल तातेको थियो। जजहरुले उनले गाएको गीतमा खुब नाचे। 

बेलायतमा १३ वर्षदेखि बसोबास गर्दै आएका भीम धनकुटा निवासी हुन्। उनी होटलमा प्रबन्धकको रुपमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.