|

काठमाडौं :  लकडाउनका कारण सबैक्षेत्रको गतिविधि ठप्प भएको यो बेला संचारकर्मी तथा अभिनेता सन्दीप क्षेत्रीले छोटो फिल्म निर्माण गरेका छन्।

‘लकडाउन’ नामक उक्त फिल्ममा लकडाउनले घरमा बस्‍न बाध्य एउटा युवाको कथा छ। फिल्म सन्दीपले आफ्नै लेखेका हुन्। कोरोना भाइरसको त्रासका कारण  नेपालमा लकडाउन जारी छ। लकडाउनले जनजीवन ठप्प छ। सडक सुनसान छ।

देश भर लकडाउनका भएको कारण हरेक क्षेत्रका जनता घरभित्र बस्न बस्न बाध्य छन्।फिल्मले कोरोना कोभिड-१९ बाट सुरुक्षित रहन सावधानिका बारे बोलेको छ।

सामाजिक दुरी कायम गरि भावनात्मक भेट नगरौ भन्‍ने सन्देश बोकेको  फिल्ममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,  दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी, निर्मल शर्मा, संजय श्रेष्ठ, संदिप क्षेत्री लगायतको अभिनय छ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.