भुटान र माल्दिभ्सपछि नेपालमा टेस्टीङको अवस्था राम्रो

|

काठमाडौं :  सरकारले दक्षिण पुर्वी एसियामा रहेका ११ वटा मुलुकमध्ये नेपाल भुटानपछि दोस्रो स्थानमा बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ जना संक्रमित रहेको भुटान र ५२ जना संक्रमित रहेका नेपाल शुन्य मोडालिटीमा रहेको जनाएको हो।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले अन्य देशको तुलनामा नेपालको अवस्था सामान्य रहेको दाबी गरेका छन्। 
 
सार्क र दक्षिण पुर्वी एसियाली देशका मन्त्रिस्तरिय र राज्यमन्त्रिस्तरिय छलफलमा नेपालको स्थिती जानकारी गराउदा नेपाल सामान्य अवस्थामा रहेको पाइएको उनले बताएका छन्।

उनका अनुसार भुटान र माल्दिभ्सपछि नेपालमा टेस्टीङको अवस्था पनि राम्रो छ। नेपालमा हालसम्म फेला परेका धेरैजसो कोरोना संक्रमितमा लक्षण नदेखिएको र केहिमा सामान्य लक्षण मात्र देखिएको प्रवक्ता देवकोटाले बताए।

हालसम्म करिब एक तिहाइ निको भएर घर फर्किसकेकाले संक्रमितको उपचार राम्रो नतिजा देखिएको मन्त्रालयको भनाई छ। कोरोना संक्रमणलाई नियन्त्रणमा लिन विभिन्न कार्यविधि बनाएर काम गरिरहेकाले यसको नियन्त्रणमा सहज भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.