|

काठमाडौं : देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ। यस्तो अवस्थामा अधिकांश कर्मचारी र सर्वसाधारण घरमै छन्। तर, सडक विभागले सडक मर्मत, खानेपानी पाइप बिच्छ्याउने तथा ढलको काम तीव्र गतिमा गरिरहेको छ। लकडाउनको समयमा आवतजावत कम हुने भएकाले सडक मर्मतको काम धमाधम भइरहेको छ। वर्षा हुनासाथ जलमग्‍न हुने तथा पुतलीसडक क्षेत्रको सडकमा विशेष मर्मत कार्य भइरहेको छ। 

हिजोसम्म गाडी डुब्ने राजधानी उपत्यकाका मूलदेखि भित्री सडकका खाल्डा धमाधम पुरिन थालेका छन्। कैयौँ वर्षदेखि कालोपत्र नथपेर ‘दाह्रा पलाइसकेका’ सडक चिल्ला भएका छन्। केही महिनासम्म धुलोबाट जोगिन नाक मुख छोप्नुपर्ने अवस्था क्रमशः हट्दै गएको छ। 

लकडाउनले देश ठप्प हुँदा पनि काठमाडौंका सडकमा धमाधम लेन छुट्याउने संकेतदेखि, जेब्रा क्रस, दायाँबायाँको साइडमा रंगरोगनको काम भइरहेको छ।  सामाजिक दूरीको सिद्धान्तलाई पालना गर्दै सडक डिभिजन कार्यालयले काठमाडौंका सडक रंग्याइरहेको छ।

लकडाउनमा चम्किँदै काठमाडौंका सडक (फोटो फिचर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.