काठमाडौं : कोरोना भाइरसबाट बच्नका लागि सरकारले लकडाउनसहित अन्य सतर्कता अपनाउँदै आएको छ। यो संकटको समयमा सरकारलगायत विभिन्न संघ, संस्थाहरूले पनि राहत सामग्री बाँड्नेदेखि अलपत्र परेका यात्रुलाई आफ्नो गन्तव्यसम्म पुर्याउन आ–आफ्नै तरिकाले सहयोग गरिरहेका छ्न्।
यसै सन्दर्भमा कोटेश्वर चोक हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई नेपाल रेडक्रस सोसाइटीले सेनिटाइजर छर्किएर मात्रै राजधानी प्रवेश गर्ने व्यवस्था मिलाएको छ। एम्बुलेन्स, मोटरसाइकल, निजी सवारीसाधन लगायतमा रेडक्रसले सेनिटाइजर स्प्रेको व्यवस्था गरेको हो।
कोटेश्वर चोकबाट देशका विभिन्न जिल्लादेखि भारतबाट समेत खाद्यान्न तथा अन्य सामग्रीहरू लिएर ठूलो संख्यामा मालबाहक सवारीसाधनसमेत भित्रने भएकोले पनि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।