|

दाङ : रोल्पामा भएको बम विष्फोटमा परि ज्यान गुमाएका चार बालबालिकाको शव पोष्टमार्टमका लागी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको छ। बिहीबार बेलुकी त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको वन भएको बम विस्फोटनमा परी गोठाला गएका चारजना बालबालिकाको मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्र बहादुर गुरुङले पोष्टमार्टमका लागि बालबालिकाको शव दाङ पठाइएको जानकारी दिएका छन्‌। बाख्रा चराएर घर फर्कँदै गर्दा बम विस्फोटमा परी ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली , पाँच वर्षीय विजय खत्री र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।

विस्फोट भएको स्थान नजिकै थप दुईवटा बम भेटिएको छ। एउटा बम विस्फोट भएको र अर्को बम विस्फोट नभएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। विस्फोट नभएको बमलाई दाङबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको रोल्पा प्रहरीले जनाएको छ।

बिस्फोटमा बालबालिकाको ज्यान गएपछि प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र प्रदेश प्रहरी प्रमुख डिआईजी रवीन्द्र धानुक घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.