|

काठमाडौं : मुलुकभर हालसम्म कोरोना भाइरसको परीक्षण संख्या साढे ६१ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर विधिमार्फत १३ हजार ९८ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४८ हजार ५ सय २९ वटा गरी कूल ६१ हजार ५ सय ८७ वटा परीक्षण गरिएको जनाएको छ। 

शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवम् प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र एक हजार २ सय ५२ वटा परीक्षण गरिएको जानकारी दिएका छन्। देशभरका सातै प्रदेशमा आरडिटी विधिमार्फत कोरोनाको नमुना परीक्षण जारी रहेको उनले बताए। 

ताजा अपडेटअनुसार सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ वटा परीक्षण गरिएको छ। त्यस्तै, प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बाग्मती प्रदेशमा ५ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार  हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४० र कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ वटा परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार शनीबार अपराहन्नसम्म देशभर कुल २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन्। तीमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४ जना छन् भने सबैभन्दा कम बाग्मती प्रदेशमा ५ सय ११ जना छन्।

त्यसपछि गण्डकी प्रदेशमा ६ सय ३२ जना छन्। त्यस्तै, प्रदेश १ मा २ हजार ८ सय ६५ जना, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ जना, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार जना रहेका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.