|

बारा : सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लडकडाउन गरेको एक महिनाभन्दा बढी भएको छ। लकडाउनका कारण पूर्व–पश्चिम राजमार्गमा सार्वजनिक तथा निजी सवारीसाधन र मालवाहक गाडी खासै चलेका छैनन्।

बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा बाँदरको आफ्नै दैनिकी छ। यस क्ष्ोत्रमा बाँदरहरु काखे बच्चासमेत च्यापेर पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ओहोर–दोहोर गर्छन्। भुइँ खोस्रिने, खाने कुरा भएर मुखमा हाल्ने। दिनभरि नाका कुरेझैँ गरी कसले केही फ्याँकिदेला र खाउँला भनेर बस्ने। र, साँझ परेपछि बासस्थानतर्फ लाग्ने।

लकडाउनले बाँदरलाई पनि असर गरेको छ। यहाँका बादरलाई सवारी साधानका चालक र यात्रुले खानाको जोहो गर्दै आएका थिए। गाडी रोकेर, बाँदर जम्मा हुने ठाउँमा विभिन्न खाद्यान्न दिने गरेको थिए। जङ्क फुडको लतले राजमार्ग निस्कने बाँदललाई लकडाउनले निराश बनाएको छ।

वन जङ्गलमा पाइने कन्दमुल र फलफूलका बिरुवा मासिँदै जाँदा आहारको अभावमा वन्यजन्तुहरु राजमार्गमा आउने गरेको हुन्। राजमार्गमा हिँड्ने यात्रुहरुले रमाइलोका लागि खानेकुरा दिँदा सडकमा आउने उनीहरुको दैनिकी बनेको छ।

राजमार्गमा कसैले गाडी रोके उनीहरु केही ल्याई दिएकी भनेर आश गरेर नजिक आउँछन्। यी बाँदरका लागि केही मनकारीले अझै ख्याल गरिरहेका छन्। निजगढ–चपुर खण्डमा कसैले खरभुजा दुई टुक्रा पारेर छाडिदिएका रहेछन्। उनीहरु खरभुजामा झुत्तिरहेका देखिन्छन्।

दुर्घटनाको सिकार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका दुर्घटनाको सिकार भइरहेका छन्। दैनिक हजारौँ सबवारीसाधन हिँड्डुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा यात्रु र जनावर दुवैको दुर्घटनाको जोखिममा पर्दै आएका छन्।

बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बाँदर, हरिण, नीलगाई, बँदेल तथा रातको समयमा हात्तीलगायतका जङ्गली जनावर निस्कँदा यात्रा असुरक्षित हुने गरेको छ।

अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ। ठूलो जङ्गल भएका कारण पनि एक भागबाट अर्को भागमा वारपार गर्ने गर्दछन्। त्यहाँको ४७ किलोमिटरमध्ये चार किलोमिटर एकतर्फी र बाँकी ४३ किलोमिटर दुवैतर्फ जङ्गल छ। पर्सा राष्ट्रिय निकुञ्ज, सामुदायिक, साझेदारी र सरकारी वन क्षेत्र पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.